काठमाडौं । केही समयअघि आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ । कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।
छोराले आत्महत्या गरेपछि सानु ताम्राकारको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उनलाई नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको आज ३ः२० मा निधन भएको हो ।
शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए । उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।















प्रतिक्रिया