Logo

प्रमुख समाचार

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदैछ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दाको पेसी चढेको छ ।

फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै आएको थियो । पछिल्लो पटक न्यायाधीशले आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए ।

पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । पटक पटक पेशी सर्दै आएको मुद्दाका कारण सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि पाकिस्तान जान पाएका छैनन् ।

उनको पक्षमा फैसलामा आएमा उनी एसिया कपका लागि जाने तयारीमा रहेका बुझिएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।