Logo

समाचार

जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका–७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १४:४६   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।