Logo

समाचार

संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?



काठमाडौं ।  संसद्‍का विषयगत समितिका सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् । जसअनुसार नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् ।

आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । एमालेकै किरण कुमार साहले महिला तथा सामाजिक सामिला समितिमा उम्मेदवारी दिएका छन् ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानले उम्मेदवारी दर्ता गरेका छन् ।  त्यसैगरी सत्तारुढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेले उम्मेदवारी दर्ता गरेका छन् ।  एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १५:३३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।