Logo

समाचार

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ



मोरङ । मोरङ धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् ।

उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १३:१३   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।