Logo

समाचार

सिन्धुलीमा २० केजी चाँदीसहित दुई जना पक्राउ



सिन्धुली । सिन्धुलीमा २० केजी चाँदीसहित दुई जना पक्राउ गरेका छन् । सिन्धुलीकाे गढी प्रहरी चौकीले गएराती चेकजाँचको क्रममा लुकाइ छिपाइ राखिएको अवस्थामा उक्त चाँदी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिए ।

विराटनगरबाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च १०६९ नम्बरको स्कोडा कम्पनीको निजी कारको पछाडी सिटको मुनि लुकाइ राखिएको उक्त चाँदीसहित सवारी चालक मोरङ जिल्ला बिराटनगर महानगरपालिका वडा नम्बर -५ बस्ने बर्ष २५ का रोहित कुमार यादवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएको चाँदी, सवारी र व्यक्तिलाई गढी प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा तत्काल बुझाएपछी मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले उक्त घटना सार्बजनिक गरेको हो ।

बरामद गरिएको चाँदी तौल गर्दा २० केजी रहेको र उक्त चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रहेको जनाउँदै प्रहरी प्रमुख सिलवालले थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।