Logo

समाचार

नवलपरासीमा अज्ञात समूहद्वारा चर्च तोडफोड



काठमाडौं । नवलपरासी सुस्ता पश्चिमको रामग्राम नगरपालिका १० मा जर्च तोडफोड भएको छ । अज्ञात समूहले चर्च तोडफोड गरेर त्यहाँ हिन्दूको झन्डा गाडेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) भोजराज पाण्डेका अनुसार तोडफोडमा संलग्नको खोजी भइरहेको छ । ५/७ जनाको समूहमा आएका उनीहरूले चर्च भत्काएको सिसीटिभी भुटेजमा देखिएको र त्यसका आधारमा उनीहरूको खोजी भइरहेको छ ।

‘दुई तीन वटा चर्चमा तोडपेड भएको देखिएको छ । निवेदन पनि आएको छ । तर अहिलेसम्म कसले गरेको भन्ने एकिन भइसकेको छैन’, उनले भने, ‘सिसीटिभी फुटेजमा पाँच÷सात जनाको समूहमा आएको देखिएको छ । त्यसको आधारमा खोजीकार्य जारी छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १८:३१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।