काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको छ ।
काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि ) र सापारु (गाईजात्रा)का लागि प्रयोग हुने सडकमा दुई दिन सवारी आवागमन निषेध गरिएको हो ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल –चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक – गोफल- ब्रम्हटोल – बन्डे – ह्युमत जैशिदेवल – कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ ।
















प्रतिक्रिया