जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले रअ प्रमुखसँग भेटेको भनेर लेखक खगेन्द्र संग्रौलाले गरेको टिप्पणीमाथि जवाफ फर्काएका छन् ।
लेखक संग्रौलालाई ट्विटरमै जवाफ दिँदै बाबुरामले भनेका छन्,‘ खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य / न्याय, बुद्धि / विवेकको के अपेक्षा गर्नु?भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त ?
खगेन्द्रले यस्तो लेखेका थिए ,’डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने, सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क काेराेना भाइरस सल्काउने ! अनि यता बाबुराम आइसाेलसनमा, उता सामन्त आइसाेलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हाे, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पाे सतायाे !’
प्रतिक्रिया