Logo

समाचार

पाल्पामा जिप पल्टिँदा ६ जना घाइते



काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका–१२ गाईघाटमा बा१६च ४३७३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेका अनुसार जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १३:३७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।