काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना भएका छ । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई छन् । भट्टराई बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन् ।
बिहान साढे ५ बजे भएको दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।
बा.३ ख ४८४८ नम्बरको यात्रुबाहक बसले बा.६ च ५३४२ नम्बरको पिकअप, मोटरसाइकल र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।















प्रतिक्रिया