Logo

प्रमुख समाचार

संविधान दिवस ३ दिन मनाउने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् ।

असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन् ।

असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्ज्वलन गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १३:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।