Logo

समाचार

एक केजी सुनसहित रसुवागढी नाकाबाट एक महिला पक्राउ



रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १४:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।