Logo

समाचार

तार्केश्‍वरमा चार लाख बराबरको धनमाल चोरी



काठमाडौं । काठमाडौँमा तार्केश्‍वर नगरपालिका-९ मा शनिबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ४५ वर्षीय बाटु वाग्लेको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १४:३७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।