काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहकाे फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ ।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएका छन् ।
बालेनको सचिवालयका अनुसार सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल गएको उल्लेख छ ।
विज्ञप्तिमा जनाएअनुसार हिजो बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ ।
बालेनको सचिवालयले जारी गरेको विज्ञप्ति :


















प्रतिक्रिया