विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ताल डोल्पामा भेटिएको दाबी गरिएको छ ।
डोल्पामा भेटिएको ताल समुद्र सतहदेखि ५,१९० मिटर उचाइमा फेला परेको दाबी गरिएको हो ।
समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका ६, फालगाउँको हिमालमा नयाँ तालको पहिचान गरिएको हो। जसलाई स्थानीय बासिन्दा ‘कुन्ख्येन फालक’ नामले चिन्छन् ।
यो ताल नेपाल-चीनको सीमानजिक रहेको डोल्पो बुद्ध गाउँपालिका-६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङको दाबी छ। ताल रहेको स्थानबाट चीनसँगको १५ नम्बर सीमा स्तम्भ पुग्न करिब दुई घण्टाको पैदल दूरी रहेको स्थानीयले जनाए ।
डोल्पो बुद्ध गाउँपालिका-६ का वडाध्यक्ष गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङको पहलमा स्थानीय बासिन्दाको सहयोगमा तालको उचाइ मापन गरिएको हो ।















प्रतिक्रिया