Logo

समाचार

धनुषा र नवलपरासी पश्चिमकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु   



काठमाडौं ।  धनुषा, जनकपुर उपमहानगरपालिका-९ बाह्र बिघास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने सुनिल कापरकी छोरी ९ वर्षीया खुशी कुमारीको सोमबार दिउँसो मृत्यु भएको छ । आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, नवलपरासी पश्चिम, सरावल गाउँपालिका-७ भुजहवामा लु.३ त ४२२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय राघु सिंह चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ४ जनाको जिल्ला अस्पताल परासी हुँदै थप उपचारको लागि लुम्बिनी सिटी अस्पताल भैरहवातर्फ रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १५:३९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।