Logo

समाचार

कोशी पुल छेउमा गाडी छाडेर बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला



विराटनगर । कोशी नदीको पुल छेउमा गाडी छाडेर बेपत्ता भएकाे १० दिनपछि डाक्टर प्रज्वल कोइरालाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एव‌म् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र  २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो ।

डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो । पुल छेउमा उनी चढ्ने गाडीसहित मोबाइल र पर्स समेत भेटिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ११:३१   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।