Logo

समाचार

यौन दुर्व्यवहार गरेको अभियोगमा खाेटाङमा पहिलाे पटक साइबर क्राइम मुद्दा



खोटाङ । विधवा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ ७ का मनोज गिरीबिरुद्ध विद्युतिय अपराधमा जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त परेको छ । खोटाङ जिल्लामा पहिलो पटक महिलामाथि हिंसा गरेको अभियोगमा साइबर क्राइम अनुसार कारवाहीका लागि उजुरी दर्ता भएको हो ।

गिरीले एकल विधुवा महिलाहरुलाई लक्षित अपशब्द्ध प्रयोग गर्ने समासजिक सञ्जालमा हिंसाजन्य कृयाकलाप र अपशब्द राखेर पठाउने जस्ता काम गरेर महिलाहरुलाई अपमानित गर्दै आएका थिए । गिरीले समाजमा महिलाहरुलाई लक्षित गरेर यौनजन्य अपराधमा उत्प्रेरित गराउने किसिमका विषयहरु सामासजिक सञ्जालमा राखेर उनीहरुलाई पठाउने गरेको पाइएपछि कारवाहीका लागि उजुरी परेको हो ।

उनले एकल महिलाहरुको अस्मितामाथि प्रहारगर्दै विद्युतीय माध्यम सामाजिक सञ्जाल फेसबुकको व्यक्तिगत आइडी बनाए अपमानजनक शब्द प्रयोग गरी दुःख दिने र अपमान गर्ने गरेकाले सोही पालिकाको महिला, बालबालिका तथा युवाको क्षेत्रमा काम गरिरहेका विद्यार्थी एलोन राईले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूरमा कारवाही हुने गरी जाहेरी दरखास्त दिएका हुन ।

समाजमा एकल महिलाहरुलाई जीवन जिउनका लागि प्रोत्साह गर्नुपर्नेमा गिरीले उल्टै उनीहरुलाई अपहेलित गर्ने, दोषित गर्ने र मनपरी बोल्ने काम गरेका छन् । एकल महिलाप्रति घृणा र द्वेष फैलाउने काम गरेका गिरीलाई साइवर अपराध सम्बन्धमा कस्तो र कुन हदसम्म कारवाही हुन्छ त्यसको प्रतिक्षामा एकल महिला बसेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार २१:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।