काठमाडाैं । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले ‘विपी साहित्य महोत्सव-२०८०, समारोह समितिमा बस्न अस्वीकार गरेका छन् ।
नेपाली कांग्रेसका संस्थापक सभापति एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा पार्टीले भदौ २४ देखि २५ गतेसम्म आयोजना गर्न लागेको महोत्सवमा लम्साल नबस्ने भएका हुन् ।
बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै बिना सल्लाह पछिल्लो पटक सो समितिमा सदस्य बनाइएको भन्दै लम्सालले उक्त सदस्य अस्वीकार गरेका हुन् ।
वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा पहिलो पटक गर्न लागेको साहित्य महोत्सवलाई प्रभावकारी तयारीका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा तयारी समितिसमेत गठन गरेको थियो ।
उक्त तयारी समितिमा विभिन्न पटक सदस्यहरूको नाम थप्ने क्रम जारी छ । यसैक्रममा बुधबार पनि ११ जनाको नाम थपिएको छ । अध्यक्ष लम्सालले आफूले सो पद अस्वीकार गर्दै बिना सल्लाह नाम थपेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएका छन् ।
पछिल्लोपटक सदस्यहरू थप गर्दा आफूसँग कुनै सल्लाह नै नगरी नाम राखिएको उहाँको भनाइ छ । ‘वीपी साहित्य महोत्सव आयोजना गर्नु राम्रो काम भएको तर तयारी समितिमा आफ्नो नाम राख्दा कुनै छलफल नभएकाले आफू सो तयारी समितिमा नरहेको जानकारी गराउछु’, उनले भनेका छन् ।
















प्रतिक्रिया