काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालको भेनटिलेटरमा उपचारत थिए ।
नेपाली कांग्रेस, क्षेत्र न. ७ का सभापतिसमेत रहेका रिजाल दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । गत स्थानीय निर्वाचनपछि काठमाडौं महानगरको पहिलो बैठकमा मेयर बालेन साहका कार्यशैलीमाथि प्रश्न उठाएपछि उनी रिजाल चर्चामा आएकाे छ ।
















प्रतिक्रिया