काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए । आज पनि कागजपत्रकै विषयलाई लिएर सुनुवाई टुंगाेमा पुगेन् ।
क्रिकेटर सन्दिप लामिछानेविरुद्ध ‘गाैशाला २६’ले बलात्कारकाे आराेप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । सन्दिपविरुद्धकाे मुद्दा कागजपत्रकै विषयका कारण फेसला हुन सकेकाे छैन् ।





















प्रतिक्रिया