Logo

प्रमुख समाचार

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो



काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

बारा घर भएका सराफलाई पक्राउ गरिएको  ब्युरोका एक जना अधिकृतले जानकारी दिए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १०:२२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।