काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा रामप्रसाद सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया