सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यू हटेको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।
तर स्थिति सामान्य भएपछि आज (आइतबार) बिहानबाट कर्फ्यू हटाइएको हो । तर ७२ घण्टे निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी रहेसम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
कर्फ्यु हटेपछि मानिसहरुको चहलपहल बढ्न थालेको छ भने लामो तथा छोटो दुरीका यातायातका साधन पनि चल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान गरेको छ ।

















प्रतिक्रिया