Logo

त्रिभुवन विश्विद्यालयका प्राध्यापकलाई कुटपिट गर्ने नेविसंघका नेता ओझा पक्राउ



काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न दीपक ओझालाई प्रहरीले पक्रेको छ । ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौंले कैलाली प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो । नेविसंघका नेता ओझालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेली, कैलालीका डिएसपी भरत चौधरीले बताए ।

यसअघि कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । टौदह घर भएका निरज राना मगर, सिराहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि पक्राउ गरिएका रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन् । पक्राउ परेकाहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको प्रहरीलाई बताएका छन् ।

 

 
 

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार २१:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।