Logo

कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु



कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ ।

धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताउँनुभयो ।

ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ । ट्रकका साउ भने सम्पर्कमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार २१:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।