काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ ।
नेपाल टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ ।
नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज हिजो भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिनेछ ।
विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यसअनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् ।
त्यसैगरी सान्त्वना पुरस्कारका रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिनेछ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो ।
यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।
प्रतिक्रिया