राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ- सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।















प्रतिक्रिया