Logo

समाचार

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन



काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।

निमोनिया उपचारका लागि हिजो राति बी एन्ड बी अस्पतालको इमर्जेन्सीमा भर्ना गरी उपचारका क्रममा आज बिहान ७ बजे उनको निधन भएको हो । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँको कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जन्तमन्तर’ र ‘कोटेश्वरको केटो’ लगायत दर्जन कृति चर्चित छन् ।

उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, आर्थिक दैनिक, नागरिक, बाह्रखरी, देखापढी, फरक धारसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा सम्पादक, सल्लाहकार सम्पादकका रूपमा काम गरेका छन् ।

अखबार क्षेत्रमा उनले करिब २३ वर्ष विताए भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  १२ : ०५ बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।