Logo

समाचार

कौशलटारमा खुल्याे यामाहाको नयाँ शोरुम



काठमाडौं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।

एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

शोरुममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ । यस शोरुममा बेटर कष्टमर एक्सपरेन्स अनुभव गर्नुको साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ ।

यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजीमार्फत क्युआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

“हामी कौशलटार भक्तपुरमा हाम्रो यामाहा व्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौँ । यो पनि सबैभन्दा ठुलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसरिज र एपरिअल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ, यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले बताए ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ३ : ४६ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।