Logo

प्रमुख समाचार

नेम्बाङको पार्थिव शरिर १ बजेसम्म पार्टी कार्यालय र त्यसपछि घरमा लगिने



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिनेछ ।

हिजो दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिनेछ ।

बुधवार १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजे पछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार  ८ : ०५ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।