Logo

समाचार

रामेछापमा बस दुर्घटना, ७ जना घाइते



काठमाडौं– रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

बुधबार बिहान रजनटारबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 दुर्घटनामा रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ घाइते भएकी छन्। त्यस्तै सुनपाती गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते भएकी छन्।

दुर्घटनामा गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालख विस्वास बिसंखे घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १७:१७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।