दमक । झापाको दमक नगरपालिकाको पशुहाटबाट झापाको झापा गाँउपालिका हुँदै भारत तर्फ बध गर्ने उदेश्यले गाइगोरुलाई तस्करी गरेर लग्दै गरेको अबस्थामा ॐकार सेना नेपालले नियन्त्रणमा लिई शताक्षीधाम गौशालामा लगि उद्धार गरिएको छ ।
शताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजको नेतृत्व ॐकार सेना नेपालका शैनिकहरुले तस्करीको गाईगोरु नियन्त्रणमा लिएको जनाइएको छ ।
मे१च ५६९३ नम्बरको गाडीमा पाँच वटा गाई र २ वटा गोरुलाई कष्ठपूर्ण राखि तस्करी गर्दै गरेको अबस्थामा नन्दकिशोर महाराजको अगुवाइमा ॐकार सेनाले नियन्त्रणमा लिएको हो । गाडी धनी हाविल अलिलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिएको सन्त नन्दकिशोर महाराजले जानकारी गराए ।
पछिल्लो समयमा कोशी प्रदेशका विभिन्न भागहरुमा गोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो `भाइरल´ भएपछि जातीय र धार्मिक विवाद चुलिएको छ । यस अगाडि पनि ॐकार सेना नेपालले विज्ञप्ति जारी गर्दै गाईगोरु तस्करी गर्ने जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया