Logo

समाचार

राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि



काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । 

उनको मुन्धुम र हिन्दु संस्कृति अनुसार दाहसंस्कार गरिएको छ । नेम्वाङलाई उनका दुई छोराले दागबत्ती दिए ।

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए ।

दाहसंस्कारका क्रममा उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो । 

नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री दाहाल, मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, विभिन्न दलका शिर्ष नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुकको ठूलो उपस्थिति रहेको थियो ।

यसअघि नेम्वाङको पार्थिव शरीर शवयात्रासहित बालुवाटार हुँदै शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्‍याइएको थियो ।  

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १३:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।