धनुषा । जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज बिहान बालक रोहन खाल्डोमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।
टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।
मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीयको भनाई छ ।
ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र त्यसमा खसेर बच्चाको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया