Logo

समाचार

प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु



काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु भएकाे छ ।

संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो ।

ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

१५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।