Logo

समाचार

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

गत भदौ १० गते बसेको न्याय परिषदको बैठकले शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । भदौ १५ मा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित मिति : भाद्र २९, २०८० शुक्रबार  १ : ३६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।