Logo

प्रमुख समाचार

असोज ४ गतेदेखि २० गतेसम्म पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने



धादिङ ।  सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ ।

धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो । यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेकाले रातको समयमा सडक बन्द गरेर काम गर्न सडक बन्द गर्न लागिएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार २०:०३   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।