बुटवल । रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो ।
झडपमा परी काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो ।
मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरिक्षक थापाले झडपमा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया