Logo

प्रमुख समाचार

शिक्षा मन्त्रालयले बाेलाएकाे बार्तामा शिक्षक महासंघ नजाने, भाेलिदेखि वृहत आन्दाेलन थाल्ने



काठमाडाैं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने बताएको छ।

संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ। असाेज १ गते जारी नेपाल शिक्षक महासंघले जारी गरेकाे विज्ञप्तिमा नै शिक्षा मन्त्रालयले आब्हान गरेकाे बार्तामा सहभागी नहुने जनाइसकेकाे छ । महासचिव लक्ष्मीकिशोर सुवेदीले असाेज ३ गतेबाट काठमाडाैंमा आन्दाेलन गर्ने तयारी गरिरेहेकाे जानकारी दिए ।

 

देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्। आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो। शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्यालले विज्ञप्ति निकालेर नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपछि तर्जुमा हुने नियमावली र सरकारको नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतिका रहेको उल्लेख गरेका छन्।

‘महासंघले अघि सारेका मागहरू सम्बोधन गर्न सरकार तयार नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार अपराह्न ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन महासंघलाई मन्त्रालय आग्रह गर्दछ।’ मन्त्रालयले शिक्षा मन्त्रीको संयोजकत्वमा वार्ता गर्ने बताएको छ। तर महासंघले यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएको तर विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ। त्यस्तै महासंघले प्रधानमन्त्री, शिक्षा मन्त्री, अर्थ मन्त्रीलगायतकाे सहभागीतमा मात्रै बैठकमा बस्ने तयारी गरेकाे छ । महासंघले कर्मचारीहरुले बनाएकाे बार्ता समितिमा नबस्ने जनाएकाे छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १४:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।