Logo

प्रमुख समाचार

सूर्यविनायकदेखि रत्नपार्कसम्म अब सार्वजनिक सवारीका लागि छुट्टै लेन, यसरी भइरहेकाे छ काम



काठमाडाैं । भक्तपुरकाे सूर्यविनायकदेखि काठमाडाैंकाे रत्नपार्कसम्म अब सार्वजनिक सवारीसाधनका लागि छुट्टै लेन हुने भएको छ । सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सुरु हुने भएकोले सार्वजनिक सवारीसाधनका लागि रातो रङ को लेन हुने भएकाे छ ।

सडक विभागले सडकमा धमाधम रातो रङ पोतेर लेन छुट्ट्याउन थालेकाे छ । संविधान दिवसको अवसर पारेर बुधबार असोज ३ गते देखि द्रुत बस सेवा सुरू हुनेछ। द्रूत बस बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेको समयमा चल्नेछन्।
यो समयमा रातो लेनमा अन्य सवारी साधन चल्न पाउने छैनन्।

एम्बुलेन्स, शववाहन, दमकललगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन। सडक विभागले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ। कार्यालय समयमा रातोलेनमा निजी गाडीहरू गुड्न पाउने छैनन् ।

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १६:०१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।