काठमाडाैं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालीबीच असोज २ गते मङ्गलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेष्टुराँले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्ने बैंकले जनाएको छ ।
















प्रतिक्रिया