Logo

समाचार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट



काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद’ । उनी आज न्युयोर्कबाट चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १२:५५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।