Logo

समाचार

नक्कली नोटसहित एक जना पक्राउ



सुनसरी । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १३:३९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।