Logo

समाचार

महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ : उपमेयर डङ्गोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न काम भइरहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।

महिलाको सहभागिता मात्र होइन अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरालाई पहिल्यैदेखि उठाउँदै आइरहेको उल्लेख गर्दे उनले काठमाडौं महानगरपालिकामा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेतर्फ आफूहरुले पाइला चालिरहेको बताइन् ।

उनले भनिन् ‘काठमाडौं महानगरपालिका महिलाका लागि विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा गम्भीर छ, महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरा पहिल्यैदेखि उठाइँदै आइएको छ । आजं महानगरपालिकाका ३२ वटा वडामै महिला जनप्रतिनिधिले नेतृत्वदायी भूमिका पाइराख्नु भएको छ ।’

उपमेयर डङ्गोलले पार्टीको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अगाडि बढे मात्र यथार्थमा बदलिने टिप्पणी गरिन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १६:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।