काठमाडौं । सरकारले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी गरेकाे छ । कर लगाउने सम्बन्धमा भएको व्यवस्थालाई सरलीकरण गरी प्रक्रियागत स्पस्टता, पारदर्शी एवं अनुमानयोग्य बनाई कर सहभागीता सुनिश्चित गर्ने बनेको कार्यान्वयन सम्बन्धि निर्देशिक २०८० जारी भएकाे हाे । “मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम ६१”ले दिएको अधिकार प्रयोग गरी आन्तरिक राजश्व विभागको सिफारिसमा अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत ढुवानी सेवामाको भाडामा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको थियो । जारी निर्देशिकालाई नेपाल ट्रक यातायात व्यवसायी महासंघले स्वागत गरेको छ । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार निर्देशिका जारी गर्नेका लागि महासघले विशेष पलह अनुरोध गरेको थियो ।
जारी निर्देशिकाको कार्यान्वयनका लागि महासंघले सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गर्ने समेत बताए । उनले २०७६ सालमा जारी निर्देशिका जारी भएर कार्यान्वयन हुन नसकेको र अब कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे । यस अघि २०७६ सालमा पनि निर्देशिका जारी भएको थिए, तर व्यवसायीहरुको विरोध र केहि कानूनी जटिलताका कारण कार्यान्वयन हुने सकेको थिएन ।
निर्देशिका जारी भएसFगै ढुवानी व्यवसायलाई थप व्यवस्थित र मर्यादी बनाउने सहयोग पुग्ने विभागका तत्कालीन निर्देशक विलम सापकोटाले बताए । उनका अनुसार निर्देशिका जारी गर्नुको मुल उद्देश्य भनेको ढुवानी व्यवसायको क्षेत्रमा भएका ऎन नियमहरुलाई एकीकृत गरेर कार्यान्वयन गर्ने सहजताका लागि हाे । जारी निर्देशिकाले व्यवसायीहरुलाई सहज हुने समेत उनले बताए ।
यस्तो छ निर्देशिका:–
प्रतिक्रिया