Logo

समाचार

कैलालीबाट सात जुवाडे पक्राउ



कैलाली । कैलालीबाट सात जुवाडे पक्राउ परेका छन् । जिल्लाकाे धनगढी उपमहानगरपालिका-२ चौराह बस्ने ४८ वर्षीय आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय ८० रूपैयाँ, ९ थान मोवाइल र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार १७:२५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।