Logo

अन्तर्राष्ट्रिय

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु



ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी १०० भन्दा बढी घाइते भएको पिङटुङ काउन्टी सरकारले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएको छ ।

आगलागी नियन्त्रणका क्रममा खटिएका एक अग्निनियन्त्रक र अन्य तीन जना हराइरहेका छन् । ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार बिहान घटनास्थलको भ्रमण गरी मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

राष्ट्रपति साईले आपतकालीन प्रतिक्रिया कर्मचारीहरूलाई सङ्केत गर्दै भने, “म सबैलाई उनीहरूको कडा परिश्रमको लागि धन्यवाद दिन चाहन्छु र सुरक्षित रहेर उद्धारमा खटिन निर्देशन दिन्छु ।” उनले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न मुर्दाघरमै र घाइतेहरूलाई भेट्न अस्पताल पुगेका थिए ।

पिङटुङ फायर डिपार्टमेन्टका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार कारखानाभित्र भण्डारण गरिएको रासायनिक पेरोक्साइडका कारण एउटा ठूलो र धेरै साना विस्फोट भएको हुन सक्छ । विस्फोटका कारण कारखानाको छतको एक भाग ढलेको थियो जसका कारण धेरै मानिस भित्र फसेका थिए ।

प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार  ६ : ०३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।