काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा बैंकले जानकारी गराएको हो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, दैनिक जिवनमा गरिने बचत व्यवहार, कर्जा सम्वन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्व, अवसर र चुनौतीका बारेमा प्रहरीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एसपी आचार्यले दैनिक जिवनमा बचत गनुपर्ने थाहा भएता पनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरताले बचत गर्न प्रोत्साहन मिलेको बताए ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया